एजेन्सी । जसरी बलिउडमा धेरै जसो स्टार एक अर्काका नातेदार हुने गर्छन् । त्यसैगरि साउथ इन्डियामा पनि यस्ता धेरै नाम छन् एक अर्काका दाजुभाइ तथा दिदीबहिनी छन् ।

१. चिरन्जीवी र पवन कल्याणः साउथ इन्डियन चलचित्रमा सबैभन्दा शक्तिशाली अभिनय गर्ने यी दाजुभाईको जोडी चिरन्जीवी र पवनका आजपनि करौडौँ दर्शक दिवाना छन् ।

२. श्रुती हसन र अक्षरा हसनः आफ्नो सुन्दरताले सबैलाई घायल पार्न सफल श्रुती हसन र उनकी बहिनी अक्षराले आफ्नो अभिनय र सुन्दरताका कारण निकै उचाईमा पुग्न सफल भएका छन् ।

३. सूर्य र कार्तीः यी दुई टलिउडमा जुन जुन चलचत्रिमा काम गरे उक्त चलचित्रले थुप्रै रेकर्ड राख्न सफल भएको छ ।

४.काजल अग्रवाल र निशा अग्रवालः कमैलाई मात्र थाहा छ कि काजलले उनकी बहिनी निशालाई यस उद्योगमा ल्याएकी थिइन् । तर उनको करियर त्यत्ति धेरै चल्न सकेन र उनले अन्त्यमा बिजनेसमेनसँग बिहे गरिन् ।

५. नागा चैतन्य र अखिल अकिनेनीः नागा चैतन्य र अखिल अकिनेनीले साउथमा निकै नाम कमाएका छन् । साथै यी दुईको चलचित्रले पनि निकै अवार्ड जित्न सफल भएको छ ।

६. राम चरण र अलु अर्जुनः राम र अर्जुन एउटै आमाको सन्तान नभएपनि दाजुभाई भन्दा बढी मिलेर बस्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया