नेपाली सिनेमा क्षेत्रमा यस्ता कमै प्रेमी जोडीहरु छन् जो खुलारुपमा आफनो प्रेम सम्बन्धलाई स्वीकार गर्छन् । यस्तै जोडीमा पर्ने नाम हो आयंका अर्थात प्रियंका कार्की र आयुषमान देसराज जोशी । कथा काठमाडुमा काम गरेसंगै एक आपसमा नजिक भएका यी दुईको प्रेम सम्बन्ध देखेर आज डाहा नगर्नेहरुको कमी छैनन् । तर आयंकाले आफनो प्रेम सम्बन्धको सुरुवाती दिनहरुमा कम आलोचना सहनु परेन । कारण थियो उनीहरुको उमेर । आयुषमान भन्दा प्रियंका ६/७ बर्षले जेठी छिन् । आफुभन्दा कान्छो उमेरको युवकसंग प्रेम गरेको भन्दै खुबै हाँसोको पात्र बनाईयो । खिल्ली उडाईनुको अर्काे कारण भने कुनै समय आयुषमानले उमेर बढि भएको कारणले नै प्रियंकालाई दिदी भनेर सम्बोधन गर्थे ।

उनले सामाजिक सञ्जालमा प्रियंकालाई दिदी भन्दै पोस्ट गरिएको कुरालाई जोडेर दिदीसंग लभ गरेको भन्दै आलोचना भयो । हुन त अहिले आएर भने उनीहरुको सम्बन्धलाई लिएर आलोचना कम हुन थालेको छ । यसबीचमा आयंका जोडीले पूर्व मिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गर्ने कार्यक्रम जीवन साथीमा यसबारेमा बोल्दै बास्तविकता खुलाएका छन् । आयुषले प्रियंका आफुलाई पहिलेदेखि मन पर्ने तर सामाजिक कारणले पनि सामाजिक सञ्जालमा उनलाई दिदी भनेर लेख्नु परेको बताए । मल्भिकाले तपाईले पहिले प्रियंकालाई दिदी भन्नु हुन्थ्यो रे हो ?

यसको जवाफमा उनले भने “मैले मुटुमाथि ढुंगा राखेर सोसाईटीको हिस्सा भएको नाताले पनि दिदी भनेर सामाजिक सञ्जालमा पोस्ट गर्थे । म उनलाई दिदी भन्नै चाहान्थिन” । आयुषमानले यस्तो भनिरहँदा प्रियंका भने मुसुमसु हासिरहेकी थिईन् । धेरैलाई थाहा नहुन सक्छ लभ प्रपोज भने प्रियंकाले ने आयुषमानलाई राखेकी थिईन् । आलोचकहरु अझ पनि आयंकाको आलोचना र खिल्ली उडाउँछन् तर उनीहरुलाई अहिले भने यसको मतलबै छैन र खुलारुपमा बाँचिरहेका छन् । २ पटक सम्म इन्गेज्मेण्ट समेत गरिसकेका उनीहरु यही बर्षभित्र बिवाह गर्ने तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया