काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । गत वर्ष असोज १९ गते प्रदेश नं. १ को राजधानी विराटनगरमा भव्य रुपमा सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डले प्रत्येक वर्ष अन्य प्रदेशमा पनि गर्ने लक्ष्यका साथ अघि बढेको छ । ‘कल्चरल टुरिजम अफ नेपाल’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले बताएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन (एसके मिडिया)ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ३५ विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कम्पनी लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया