रोशन पोखरेल , काठमान्डौँ
नेपाली लोकदोहोरी गीतहरुमा मौलिक पन हराउदैँ गइरहेको अवस्थामा निकै मार्मिक लोकदोहोरी गीत ‘शंका गरी ’ गीतको भिडियो सार्वजनिक छ । सार्वजनिक गीतमा राजु विरही र गीता बुढाथोकीको आवाज रहेको छ । जिवनमा घटेका तिता मिठा यथार्थहरुलाई गीत मार्फत समेटिएको छ ।

मायालुले घात गर्दा पिडा खपन्नको लागी निकै अफटयारो भएको गायक ले गीतमा दुखेसो पोखेका छन । अजुँन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा राजु विरहीको भिडियोमा निर्देशन रहेको छ ।

गीतको भाव अनुसारको राजु विरही , गीता बुढाथोकी र देवराज श्रेष्ठको अभिनय रहेको छ । मौलिक सिर्जनालाई बजारमा ल्याउने लोकप्रिय सर्जकलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

‘शंका गरी ’ गीतको भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया