नेपालीहरुले सबैभन्दा धेरै सहभागिता जनाएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा नेपालका २ बालकहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । उनीहरुले प्रतिनिधित्व पनि यसरी गरिरहेका छन् की भारतीय प्रतिष्पर्धीहरुलाई पनि कडा चुनौती दिईरहेका छन् । इटहरीका ११ बर्षीय प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जित्दै अगाडी बढिरहेका छन् । हिजो प्रसारण भएको कार्यक्रममा प्रितम आचार्यले धमाकेदार प्रस्तुती दिए भने आज प्रसारण भएको कार्यक्रममा आयुष केसीले आफनो प्रस्तुती दिएका छन् ।

नेपाली ढाका टोपी लगाएर सधै मन्चमा उत्रिने गरेका आयुषले “कभी हा कभी ना” फिल्ममा समाबेश “ए कास के हम होस मैँ” अब बोलको गीत गाएका थिए । चर्चित गायक कुमार सानु स्पेशल गरिएको सो कार्यक्रममा आयुषले मन छुने र उत्कृष्ट प्रस्तुती दिएका छन् । पछिल्लो २ एपिसोड चार्ट बस्टर पफर्मेन्स गरिरहेका उनले आजको प्रस्तुती पनि मन छुने दिए । जुरीले आज उनलाई ९८. प्रतिशत नम्बर ल्याए । यही नम्बरको आधारमा प्रतिष्पर्धीहरुलाई अगाडीको यात्रा तय गर्न सहजता प्रदान गर्छ । कोमल अनि मधुर स्वरका धनी आयुष जब स्टेजमा गाउँछन् उनको मधुर आवाजमा जज तथा जुरी सबै मन्त्रमुग्ध हुने गर्छन् ।

आज आयुषलाई निकै सपोर्ट गर्ने सानले केही सल्लाह सुझाव दिए भने ऋचा शर्मा र अमाल मलिकले उच्च प्रशंसा गरे । एक पछि अर्काे गर्दे उत्कृष्ट प्रर्दशन गर्दे आईरहेका आयुषले शिरमा ढाका टोपी लगाउँदै बिदेशी भुमिमा गीत गाउँदा सबै नेपालीले गर्व महसुस गरेका छन् । सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् । उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य पनि हुन् ।

तपाईको प्रतिक्रिया