काठमाडौं । हरर जनरामा बनेको नेपाली चलचित्र ‘कठपुतली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरले चलचित्रको थिमलाई प्रष्टाएको छ ।

राजाको दरबार भित्र हुने क्रियाकलापलाई काल्पनिक रुपमा यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण टिमको भनाई छ । यस चलचित्रमा पृथ्वीराना मगरले लगानी गरेका छन् भने चलचित्र लेखक सम्पदा मल्ल कार्यकारी निर्मातासमेत हुन् ।

भिमसेन लामाले निर्देशन गर्ने यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुबर्ण थापालगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया