काठमाडौँ । पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक रामु विरहीको लय तथा शब्द सिर्जनामा नयाँ लोक दोहोरी “जोगी” बजारमा आएको छ ।

गीतमा गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो ।

छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नुले थप हौसला मिलेको गायक सञ्जयले बताए । निकै मार्मिकरुपमा तयार पारिएको गीतमा पिडाको भावलाई समेटिएको छ ।

बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । “जोगी” गीतको भिडियोमा शुभेक्क्षा थापा , माधव प्रसाद सिक्देल र मिना गुरुङको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया