नारीको सम्मान

नारीलाई सम्मान दिने पुरुषले उनीहरुलाई सधैं सम्मानको नजरले हेर्छ । प्रेमिका होस् या पत्नी,उनीहरुको महत्व बुझेर सम्मान गर्न सक्यो भने उसको सम्बन्ध कहिल्यै टुट्दैन ।

पराईस्त्रीप्रतिको राम्रो दृष्टिकोण

यो गुण सबैभन्दा महत्वपूर्ण हुन्छ । आफ्नी प्रेमिका या पत्नीभन्दा अरु कसैलाई पनि वासनाको दृष्टिले नहेर्ने पुरुष पराईस्त्रीप्रति अकर्षित हुँदैन । उसको आफ्नो सम्बन्ध बचाउनका लागि हरेक सम्भव प्रयास गर्छ । यही कारणले उसको सम्बन्ध टुट्दैन ।

सुरक्षाको अनुभव

आफ्नी प्रेमिका या पत्नीलाई सुरक्षाको अनुभव गराउने पुरुष प्रेमको मामलामा कहिल्यै हार्दैन । पत्नीले आफ्ना पतिमा पिताको छायाँ देख्छिन् भनिन्छ । यदि तपाईंले पत्नीसँग सुरक्षात्मक व्यवहार गर्नुभयो भने पत्नीबाट माया प्राप्त गर्नुहुनेछ ।

शारीरिक सुख

वैवाहिक सम्बन्धमा शारीरिक सुख र सन्तुष्टि आवश्यक हुन्छ । त्यसैले भौतिक र भावनात्मक सुख सँगसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि पनि प्रदान गर्ने व्यक्तिकी पत्नी सधैं प्रसन्न रहन्छिन् । प्रेमिका या पत्नीलाई फूल मानेर स्पर्श गर्ने व्यक्ति सधैं सफल हुन्छ ।

पत्नीका आमाबाबुलाई सम्मान

आफ्नी पत्नीका आमाबाबुलाई सम्मान दिने व्यक्तिकी पत्नी सधैं प्रसन्न रहन्छिन् । (स्रोत:चाणक्य नीति)

तपाईको प्रतिक्रिया