अमृता भण्डारी , काठमान्डाँै ।
अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्ड २०७६को लागी काठमान्डौँको ठमेलमा अवस्थित ओम्बो लञ्जले आर्थिक तथा अन्य सहयोग गर्ने भएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा गर्न लागिएको कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागी सहकार्य गरिएको ओम्बो लञ्जकी संचालिका रिना थापा मगरले बताइन ।

विगत ७ बर्ष देखी नेपाली डान्सिङ गीतमा सर्वाधिक दर्शक तथा सेताको नजरमा निकै रुचाइएकी रिना थापा मगरको प्रयासबाट पछिल्लो समयमा ओम्बो लञ्ज नामक रेस्टुरेन्ट काठमान्डाँैमा आएको थियो । नेपाली कलाकारिताबाट आएको रकमको केही हिंसा बाट सो लञ्च गरिएको थियो ।

नेपाली लोक कला र संस्कृतीको संरक्षणमा लागी परेका सष्ट्राको सम्मान गर्नका लागी सहयोगी भुमिका निवार्ह गर्नका लागी सामाना म्युजिक क्रियसनले आफलाई सहभागीता जनाउनका लागी र सहयोग गर्न पाउनु आफनो लागी निकै गौरबको कुरा भएको उनले बताइन ।

कलाकारहरुको एकता र कलाकारिताको उच्च सम्मानका लागी गरिएको कार्यक्रममा सहयोग पाउनु आफनो सस्थाका लागी थप हौसला र प्रेरणा मिलेको साधना म्युजिक अवार्डको आयोजक सस्थाकी अध्यक्ष सामना शाहले बताइन ।

तपाईको प्रतिक्रिया