राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मनको रोजाई बन्न सफल मोडल एम.बि गुरुङले अभिनयमा मात्र होइन गीत लेखनमा आफ्नो कला प्रस्तुत गर्न थालेका छन् । उनले लोक दोहोरी गीत “अन्तिम भेट” मा शब्द लेखेका हुन् ।  केहि समय अगाडी सम्म जापानमा रहेका एम.बि अहिले नेपालमा नै रहेका छन् ।

स्थायी घर गोर्खा र हाल काठमान्डौमा रहेका उनि अझै नेपाली गीत संगीतको क्षेत्रमा शसक्तताका साथमा लागिपर्ने प्रण गरिरहेका छन् ।  अहिले एम.बि द्वारा लिखित गीत सरिता सरिता बि.सी को प्रस्तुति हो ।  यस गीतमा कपिल मगर र सरिता बि.सी को सुमधुर स्वर रहेको छ । गायक कपिल पनि निकै मिजासिला र प्रतिभावान कलाकार हुन् गीत लय सिर्जना उनै गायक कपिल मगरले गरेका छन्

जिबन भर संगै जिउछु र संगै मर्छु भन्दै कसम खाएको आफ्नी प्रेमिकालाई अर्कैको अंगालोमा देखेपछी र त्यहि वियोगले छताछुल्ल भएको मनलाई सम्हाल्न नसकिएको प्रेमभावको यस गीतको म्युजिक भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन दिपक बिस्टले गरेका छन् । भिडियोमा सर्जक एम.बि गुरुङ र सगुन शाहीको लोभ लाग्दो अभिनय रहेको छ । गीतको अडियो तथा भिडियोको बजार व्यवस्थापन शितल शिजन डिजिटल म्युजिक प्रालिले गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया