नेपालमा रियालिटी शोको क्रेज जति हुनुपर्ने, त्यती भएको पाइएको छैन । नेपाल आइडलले दोश्रो सिजनमा पहिलो जस्तो क्रेज पाएको थिएन ।

द भ्वाइस रियालिटी शोले ब्ल्यान्ड अडिसन पनि आफ्नो क्रेज गुमाएको थियो ।

बुगीवुगी रियालिटी शोले पनि पाउनुपर्ने साथ दर्शकबाट पाएन । हामीकोमा ढंग पुग्दैन वा किन होला, तर नेपालमा रियालिटी शो चलाउन फलामको चिउरा चपाए सरह हुन थालेको छ ।

नेपालमा विदेशमा चलेका शोलाई नै भित्राएर नाम कमाउन टेलिभिजनहरु आकर्षित छन् । तर, त्यस्ता शोहरु चल्दै गएपछि दम तोड्न थालेका छन् । दम तोड्दै गएपछि ती शोका आयोजकहरु टेलिभिजन भन्दा युटुबको दर्शक हेरर रमाउन पर्ने स्थिती छ ।

नेपाली दर्शकहरुमा विदेशका शो हेर्ने बानी परेको छ । विदेशका शोहरु हेर्दा नेपाली शोमा दर्शकले गुदी पाएका छैनन् । यहाका आयोजकहरुले श्रोत साधनले भ्याएसम्म काम गरेका छन् । तर, त्यो काम पर्याप्त छैन ।

एपीवान टेलिभिजनबाट को बन्छ करोडपति शो चलिरहेको छ । भारतमा अभिनेता अमिताभ बच्चनले चलाएको कौन बनेगा करोडपतिको नेपाली रुपान्तरण शो हो को बन्छ करोडपति । अभिनेता राजेश हमालले यो शो चलाएका छन् ।

यो शो सुरुवातमा चल्यो । युटुब र टीभीमा पनि हिट भयो । यसैले, एपीवानले को बन्छ करोडपतिबाट टीआरपी कमायो । तर, अहिले शोको लोकप्रियता कम बनेको चर्चा हुदैछ ।

यो शोमा अहिले फिल्म प्रचारका लागि जाने कलाकार बढेका छन् । शो फिल्म प्रचारको थलो बनेको छ । फिल्म प्रचारसम्म त राम्रै हो, अहिले विभिन्न सामाजिक कामका लागि काम गर्ने कलाकारहरुलाई पनि स्थान दिन थालिएको छ ।

ती कलाकारले समाजसेवामा काम गर्ने भनेर रियालिटी शोमा गएर रमाइलो गरेका छन् । पाएको थोरै रकम समाजसेवामा नै राख्ने उनीहरु बताउँछन् । तर, को बन्छ करोडपतिको टीआरपी बढाउनका लागि अहिले कलाकारलाई लगिएको हो कि भन्ने सुन्न थालिएको छ ।

प्रियंका र आयुष्मानको जोडी, भद्रगोलका टिम यो शोमा पुगिसकेका छन् । कलाकार पुग्दा शोको टीआरपी बढ्ने गर्छ । शोमा पुगेका कलाकारसँग हुने कन्ट्रोभर्सीले यसलाई फाइदा मिल्छ । यही भएर कलाकारको समाजसेवालाई पनि खेलमा समावेश गर्न थालिएको छ ।

को बन्छ करोडपतिमा सोधिने प्रश्नहरुले पनि कहिलेकाही यसको स्तरलाई कमजोर बनाएको छ । आयोजकले सहभागी हुने सामान्य दर्शकबाट नै शोलाई रोमान्चित बनाएर कार्यक्रमको लोकप्रियतालाई कमजोर हुन नदिने सोच बनाए अत्ती उत्तम ।

तपाईको प्रतिक्रिया