काठमाण्डौ,२५ बैशाख-नेपाली साँगीतिक बजारमा धेरै उत्कृष्ट गीतहरू पस्किंदै लाइभ दोहोरी गाउंदै दर्शक श्रोतालाई नचाउन, उनिहरूको मन मुटूमा बस्न सफल लोक प्रिय गायिका जमुना सनमको मार्मिक गीत सार्वजनिक भएको छ।

सुमधुर स्वरकी धनी गायिका जमुना सनम र सबिन तामाङको आवाज र रोशन भट्टको लय तथा शब्द सिर्जना रहेको अत्यन्तै मार्मिक गीत “भायाले दिएको रूमाल” भर्खर मात्र सार्बजनिक भएको हो ।

आफ्नो प्यारो मान्छे संग बिछोड भइ बस्नु पर्दाको पिडालाई अत्यन्त उत्कृष्ट ढंगले उतारिएको यस म्यूजिक भिडियोमा मोडलिङ क्षेत्रमा उत्कृष्ट अभिनय अर्दै अगाडि बढिरहेका मोडल टिका भुजेल र सगुन शाहिको उत्कृष्ट अभिनय रहेको छ भने उक्त म्यूजिक भिडियोलाई जमुना सनमको यूट्यूब च्यानल बाट दर्शक श्रोता माझ ल्याइएको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया