काठमाडौं : सन् २०१९ को मिस नेपाल वर्ल्डको उपाधि अनुस्का श्रेष्ठले जितेकी छिन् । २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि श्रेष्ठले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

सँगै मिस नेपाल यूनिभर्सको उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि रीया बस्नेतले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि मीरा कक्षपतिले र मिस नेपाल सुप्रानेशनल रोज लामाले जितेकी छिन्।

बिहिबार राति सम्पन्न मिस नेपाल २०१९ द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धा राजधानीको अन्नपूर्ण होटलमा भएको थियो ।

तपाईको प्रतिक्रिया