काठमान्डौँ ।नेवा पुच बुढानिलकण्ठ वार्ड १३ काठमान्डौँ ले आज बुढानिलकण्ठमा रहेको नौलिन माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ६ जना बालबालिकालाई लाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
झोला , कपी , पेन्सिल लगायतको शैक्षिक सामग्री सहयोग प्रदान गरेको हो । सो सस्थाकाअध्यक्ष आयन श्रेष्ठले समुहको तर्फबाट गरिब बालबालिकाका शिक्षादीक्षामा सानो भए पनि सहयोग पु¥याउन चाहेको बताए । ‘यो अहिलेलाई थोरै सहयोग प्रदान गर्ने अवसर पाएका छौं,’ उनले भने, ‘निकट भविष्यमै समुहले बढी सहयोग प्रदान गर्नेछ भने व्यक्तिगत सहयोग पनि जारी रहनेछ ।’ बताए
स–साना बालबालिकाको क्षेत्रमा सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको छ,’ उनले भने । जेहेन्दार बालबालिकाको भविष्य प्रति जागरुक हुदैँ समुहले देखाएको मार्गदर्शनलाई सबैले अवलम्बन गरेको खण्डमा शिक्षाबाट कोही पनी बञ्चित नहुने विद्यालयका प्रध्यानाध्यापक विष्णु श्रेष्ठले जानकारी दिए







































































