बीरेन्द्रकुमार साह
बिराटनगर ,
बिराटनगरको बिरेन्द्र सभा गृहमा शनिबार सम्पन्न भएको पुर्वाञ्चल लिटल स्टारको उपाधी स्मृती मल्लिकले जितेकी छिन् । साईमन फिल्म एण्ड इँटरटेनमेट मुम्बईको आयोजनमा बिराटनगरका १९ जना बालबालिकाहरुको सहभागीतामा भएको पुर्वाञ्चल लिटल स्टारको उपाधी सहित स्मृतिले नगद ५१ हजार सहित ट्रफी हात परिन्।

लिटल स्टारको फस्ट रनरअप कुणाल कुण्डलियाले ३१ हजार नगद सहित ट्रफी त्यस्तै सेकेन्ड रनरअप सापेक्षा श्रेष्ठले नगद २१ हजार सहित ट्रफी हात पारिन् । लिटल स्टारको निर्णायकमा क्षितिजा शाक्य , नशिला शाक्य, अमलेश कर्ण र सपना राजवँशि रहेको लिटल स्टारलाई मोनिका लिम्बुले कोरियोग्राफ गरेकी हुन। लिटल स्टारमा सहभागी भएका बालबालिकाहरुले टयालेन्ट राउन्ड , प्रश्न उत्तर, ल्यागत कुराहरुबाट बिजेता छानिएको कार्यक्रमका सँयोजक साईमन राजबँशिले बताए।

तपाईको प्रतिक्रिया