‘हाम्रो माया जिन्दावाद’ गीतको सफलता पछि उक्त टिमले ”अमिलो निबुवा” बोलको गीतको भिडियो बजारमा ल्याउने भएको छ । युवापुस्तालाई लक्षित गरि बनाईएको डान्सिङ गीतमा दिपक सिलवालको शब्द,संगीत  तथा निखिता थापा र जीवन रसाइलीको स्वर सुन्न सकिनेछ । टिकटकबाट चर्चा कमाई ‘हाम्रो माया जिन्दावाद’ गीत मार्फत म्युजिक भिडियोमा समेत आफ्नो उत्कृट अभिनय र डान्सका साथ चर्चा कमाउन सफल ट्वीनी गर्लस् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडालाई पुनः यस भिडियोमा देख्न पाईने भएको छ । साथै ‘हाम्रो माया जिन्दावाद’ गीतमा अतिथिको भुमिकामा मात्र देखिएका अर्का ट्नीनी गर्लस् दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ यस भिडियोमा भने प्रिज्मा प्रिन्सीसँगै मुख्य डान्सरकै रुपमा देखिँदै छन् । यि दुई ट्वीनी जोडीका साथमा नयाँ नयाँ न्युज नेपलका चर्चित भिजे तथा कलाकार शिशिर भण्डारी र मोडल तथा डान्सर मिलन शंकरले ठुम्का मार्दैछन् । जीवन रसाइलीको निर्देशन रहेको ”अमिलो निबुवा” भिडियो चाँडै रिलिज हुने बताईएको छ ।भिडियो मेलवर्नमा रहेको आर जी आई टी अष्ट्रेलिया इन्टरनेशनल कलेजको मुख्य प्रायोजन र मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसको सहप्रायोजनमा बनेको हो ।

तपाईको प्रतिक्रिया