हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली सागीतिक र फिल्मी क्ष्रेत्रमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर ,सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। कला र संगीतमा फरकपन र नयाँ एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायन देखि भिडियो मेकिङमा निकै परिवर्तन आएको छ । गीतहरु थिममा बन्न थालेका छन भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा भिडियो ५ मिनेटको सिनेमा हेरे जस्तै लाग्छ ।
फिल्म , नाटक ,साहित्यमा ” स्टोरी टेलिङ्ग ” सुन्दा जति सजिलो छ गर्न त्यति गाह्रो चिज हो। हालै रिलिज भएको “लुकिछिपी किन मायामा ” बोलको गीतको भिडियोमा हामीले छोडेर आएको पुरानो गाउँले जीवनलाई पुन: जीवित बनाउन खोजिएको छ। भिडियोमा लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन , माया प्रेम , खेलकुद , कृषिकर्मलाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठुलो मिहेनत गरेको प्रस्ट देखिन्छ।
गीतमा शब्द , संगीत , स्वर गणेश सेन्चुरीको रहेको छ भने कोबिद बज्रले म्युजिक एरेन्जमेन्ट गरेका हुन। भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल उर्फ मुकुन भुषाल साथै नायिका सुरबिना कार्की, मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ। भिडियोलाई निशल पौडेलले छायांकन गरेका हुन भने , भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन । नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो । भिडियोलाई आर्टमान्डु नेपालले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया