काठमाडौं। भारतीय लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (भाजपा) को जित लगभग निश्चित भइसकेको छ । एकातर्फ नतिजा अनुसार बिजेपी देशमा अत्यधिक बहुमतसहित सरकार बनाउने तयारीमा छ भने २४ मे अर्थात् आज लामो समयदेखि रिलिजको प्रतिक्षा गरिरहेको नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ पनि रिलिजको तयारीमा छ ।

फिल्ममा अभिनेता विवेक ओबरोय मोदीको भूमिका निभाइरहेका छन् । हालै विवेक एग्जिट पोलसँग जोडिएका एक ट्वीट गरेर मुश्किलमा फसेका थिए । जसमा उनले चौतर्फी आलोचनाका साथै महिला आयोगबाट नोटिस पनि पाएका थिए । यद्यपी, पछि उनले आफ्नो ट्वीट डिलिट गर्दै माफी पनि मागेका थिए ।

Vivek Anand Oberoi

@vivekoberoi

To all the politicians who were united by their hate against @narendramodi. A humble request to you all – please spend less time hating and more time loving ??. India needs a sensible opposition for a healthy democracy. Jai Hind ??

12.6K people are talking about this

तर अब विवेकले अर्को मेमे सेयर गरेका छन् । उनको यो मेमे पनि निकै चर्चित भएको छ । विवेकले जुन तस्बिर सेयर गरेका छन् त्यसमा मायावती, सोनिया गान्धी, राहुल गान्धी, शरद पवार, अजित सिंह, सिताराम येचुरीसहित विभिन्न राजनीतिज्ञ देखिएका छन् । उनीहरुले महागठबन्धका लागि हात मिलाइरहेको देख्न सकिन्छ ।

यो फोटोमा मोदी नामको डिटरजेन्ट पाउडर प्रयोग गरेर प्रश्न सोधिन्छ ‘अचम्म लाग्यो ?’ विवेक ओबरोयले आफ्नो मेमे पोष्टमा लेखे, ‘सबै राजनीतिज्ञ जो नरेन्द्र मोदीलाई घृणा गर्न एकजुट भए । आफ्नो धेरै समय भारतलाई प्रेम गर्न खर्च गर्नुहोस्, मोदीलाई घृणा गर्न होइन । भारतलाई स्वस्थ प्रजातन्त्रका लागि समझदार विपक्षको आवश्यकता  छ ।’

तपाईको प्रतिक्रिया