काठमान्डाँै , जेष्ठ १५
लामो समयदेखि गीत संगीतमा सक्रिय हुदैँ आएका साथै आफु प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुदै आएका कलाकार तेज कुमार खवासको आवाजमा सजिएका नयाँ गीत “गोरी गोरी “को भिडियो बजारमा आएको छ ।

”चुलबुले कान्छी नक्कली मोरी” गीत बाट सर्वाधिक चर्चा कमाएका तेजलेपछिल्लो समय उनले आफ्नो नयाँ सृजना सो गीतलाई बजारमा ल्याएको बताए । बजारमा सार्बजनिक गरेका छन । तेज कुमार खवासको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी मायालुको यादले निकै सताएको कुरालाई गीतमा ब्यक्त गरिउको छ ।

आफनी मायालुको नजर र रुपमा निकै कायल भएको कुरा उनले गीतमा ब्यक्त्त गरेका छन । पुष्कर सुनुवारको गीतमा एरेन्ज रहेको छ । दिपक गिरी र पदम बोहराको छायाँकन , अमृत चापाँगाईँको सम्पादन तथा पि के इन्टरटेन्मेन्टको निर्देशन भिडियोमा रहको छ । “गोरी गोरी “गीतको भिडियोमा पुष्कर दाहाल र नम्रता लिम्बुको फिचरिङ रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया