काठमाडौं । निर्माता दीपक मनाङ्गे रहेको फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सुरु भएको छ । पोखराको विन्दावासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा, अभिनेता सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ ।

फिल्म शिशिर राणाले निर्देशन गर्दैछन् । कथा समेत उनको रहेको फिल्ममा शिव ढकालको छायाँकन सुवास भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत र कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

तारा प्रकाश ‘किम्भे’को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा हुन् । दिपकलाई फिल्म निर्माणमा अ. देवि राईले सघाउदै छिन् । फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।

तपाईको प्रतिक्रिया