काठमाडौं। चलचित्र ‘पासवर्ड’को प्रदर्शन भदौ २७ बाट हुने तय भएको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको पासवर्डलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

यस चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी छिन् । चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, विक्रम जोशी, प्रविन खतिवडा, धिरेन शाक्य, लिसा सुनार, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत लगायतले अभिनय गरेका छन् ।

सनी लियोनी फिचार्ड गीत भने जेठ २० गते रिलिज हुँदैछ । एक्सन कमेडी थ्रिलर जनारामा निर्माण गरिएको चलचित्रको छायांकन नेपाल, लण्डन, स्कटल्याण्ड र माल्समा गरिएको हो ।

सीमा गुरुङको कथा, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको कोरियोग्राफी रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया