राजु बोहरा–काठमाडौँ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कसरी हुन्छ अरु भन्दा एक पाइला बढी अगाडी बढ्ने चाहनाका साथ हरेक कलाकारहरु रहेका हुन्छन् ।  त्यहि कलाकाहरुको सोचाइले पनि अशंख्य श्रोता एवं दर्शकहरुलाई उत्कृष्ट गीत संगीतको स्वाद प्राप्त हुने गर्दछ ।  यदि कलाकारहरुको प्रतिस्पर्धा नै नहुने हो भने श्रोता दर्शकहरुलाई यति मिठा र कर्णप्रिय गीतहरु बजारमा आउने थिएनन् होला ।  यसैलाई मध्यनजर राख्दै सर्जक तथा गायक युनिक भोजराज बि.क ले पनि एक कदम अगाडी बढ्ने प्रयासका साथ अर्को सिर्जना बजारमा लिएर आएका छन् ।  उक्त गीत “चखेवा जोडी” बोलको रहेको छ ।

अशोक अधिकारी र अनुषा क्षेत्रीको नाममा बजारमा आएको यस गीतमा अशोक अधिकारी र अनुषा क्षेत्रीको नै सुमधुर स्वर रहेको छ ।  गीतलाई लय तथा शब्द सिर्जना उनै प्रतिभावान सर्जक युनिक भोजराज बि.क ले भरेका छन् ।  गीतको म्युजिक भिडियोमा बोल माया, गलबन्दी लगाएतका धेरै गीतहरुबाट लोकप्रिय बन्दै आएकी मोडल अन्जली अधिकारी र इन्द्र श्रेष्ठको अभिनय देख्न सकिन्छ ।  “चखेवा जोडी” बोलको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहान , छायांकन बासु बराल र सम्पादन मिलन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया