चर्चित गीतकार डा. डी आर उपाध्यायको रचना र सत्यराज आचार्यको स्वरमा रहेको ‘मधुर मिलन’ गीतको छायांकन सकिएको छ ।
सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीतको म्युजिक भिडियोको आईतबार छायांकन गरिएको हो प्रहिल कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियो बाट मोडेल द्वय स्मृति वली र प्रविन बरालले अभिनयमा डेब्यु गर्दै छन। मोडेल स्मृति ओली मिस टिन झापा २०१५ की बिजयी हुन् भने अस्ट्रेलियाको सिड्नी युर्निभर्सिटीबाट सफ्टवेयर इन्जीनियिंग गरेका प्रविन बराल हाल एजुकेसन काउन्सलरको रुपमा चिनिन्छन ।
अन्जिता कंडेलको सहनिर्देशन रहेको भिडियोमा बिनय तामांग सिनेमाटोग्राफी माधव बेलबासे सम्पादन रहने र पोस्ट प्रोडक्सनको काम भैरहेकोले छिट्टै नै बजारमा आउने निर्देशक कार्कीले जानकारी दिनु भयो भने गीतकार एबम साहित्यकार डा. डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एकैपटक सात एल्बम निकालेर नयाँ रेकर्ड राखिसक्नु भएको छ भने ‘अतिरिक्त’ ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन भने पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो। ‘मधुर मिलन’को मिडिया कोअर्डीनेसन माधव अधिकारीले गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया