इटहरीकी चर्चित गायिका अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ बोलको गीत सार्वजनिक गरिएको छ । कमलीकान्त भेटुवाल र अञ्जु गौतमको स्वर रहेको उक्त गीत युट्युबमा सार्वजनिक गरि संगै चर्चा रहेको छ ।
गीतमा कमल स्वरागको एरेन्ज, शब्द र संगीत राजकुमार बगरको रहेको छ भने अर्जुन तिवारीले भिडियो छायांकन गरेका छन् ।
ज्योति खड्का र कमल सिंहको अभिनय रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र विक्रम चौहानको निर्देशन रहेको छ ।

सानैदेखि सभा समाहरोह तथा स्थानिय प्रतियोगिताबाट आफ्नो गायन यात्रा शुरू गरेका थिइन्। गायिका तथा मोडलमा रूचि राख्ने उनी अनन्त चकलेटी गायीका बन्न पुगिन्।
२०६६ मा पहिलो पटक” बिरह चल्ने न्याउली चरी” बोलको गीतबाट गायन क्षेत्रमा प्रबेश गरेकी गायीका अन्जु गौतमले १५० भन्दा बढी
तीज ,दसैं तीहार ,भजन अनि चलचित्र, पूर्वेली ,लोक दोहोरी तथा आधुनिक गीतहरूमा आफ्नो सुमधुर स्वर दिइ सकेकी छिन
निम्न मध्यम बर्गिय परिवारमा हुर्केकी उनी समयको माग सगै आफुलाई परिबर्तन गर्न सक्नाले सबै दर्शक माझ प्यारो बन्न पुगिन।गायनको सुरूवातमा निकै मेहनत तथा संघर्षमा बिते पनि आजको दिन सम्म आइपुग्दा श्रोता दर्शक बाट माया मात्र नभई अहिले सम्म ४,वटा अवार्ड ले सम्मानित भैसकेकी छिन।

https://www.youtube.com/watch?v=U4u5xY0yoes

तपाईको प्रतिक्रिया