असार १२ तत्कालीन नयाँ शक्ति पार्टीको स्थापनाको समयदेखि नै निरन्तर खटिएकी नायिका करिश्मा मानन्धरले केही समय अगाडी पार्टीपरित्यागको घोषणा गरिन् । उनले नयाँ शक्ति र संघिय समाजवादी फोरमबीच पार्टी एकता भएसंगै पार्टीले कुनै भूमिका नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी थिईन् । यसबारेमा बाबुराम भट्टराईले केही बोलेका थिएनन् । तर जात्रै जात्रा हेर्न हल पुगेका भट्टराईले पत्रकारहरुले करिश्माको पार्टी परित्यागको बारेमा प्रश्न गर्दा उनले करिश्माले पार्टी नछोडेको बताएका थिए । उनले करिश्मालाई पढाईका लागि २ बर्षको छुट्टी दिएको भनेपछि करिश्मा मानन्धर आक्रोसित भएकीछिन् ।

आज मात्र एसइइ परीक्षाको नजितामा राम्रो सफलता पाएर दंग परेकी उनी बाबुराम भट्टराईको अभिव्यक्तिप्रति आक्रोसित भएकी हुन् । उनी आफु बाबुराम भट्टराईको पार्टीमा आवद्ध नरहेको बताउँदै उनले भट्टराईलाई मिडियामा भ्रमित कुरा नगर्न आग्रह गरेकीछिन् । उनले भनिन् “२ बर्षको छुट्टी लिएको छु भनेर के मैले उहाँलाई नोटिफिकेशन दिएको छु ? साच्चै भन्ने हो भने म उहाँको फोन पनि उठाउँदिन । २ बर्षपछि उहाँको चुनाव आउँछ अनि फेरी उहाँको प्रचार गर्न भन्या हो की । म त्यस्तो मान्छे होईन” ।

आफुँ पार्टीमा नरहेको स्पष्ट पार्दै उनले भनिन् “राजनीति भनेको ज्ञान र बिज्ञानमात्र होईन म्यानेज्मेन्ट पनि हो जुन मैले उहाँमा पाईन । सरी डा.भट्टराई म यहाँको बारेमा केही बोल्न चाहदिन । उहाँलाई म असाध्यै सम्मान गर्छु” । उनले भबिष्यमा कुनै पार्टीमा आवद्ध हुन सक्ने भए पनि तत्कालका लागि भने त्यस्तो कुनै योजना नरहेको उनले बताईन । करिश्माले पार्टीभित्र भूमिका बिहिन बनाएपछि चित्त दुखाएकी थिईन । जबकी उनी बाबुराम भट्टराईको चुनाव प्रचारप्रसारमा र पार्टीका लागि निकै खटिएकी थिईन् ।

तपाईको प्रतिक्रिया