प्रविन बरालको अभिनय रहेको गीतकार डा. डी आर उपाध्यायको रचना र द भ्वाइस अफ नेपालका विजयी सी डी विजय अधिकारीको स्वर रहेको गीत ‘प्रेमको तिर्खा’को भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीत ‘प्रेमको तिर्खा’मा भिडियोबाट मोडेलिङ्गमा डेब्यु गरेकी मोडेल सुवेक्षा घिमिरे र ,प्रविन बरालको अभिनय रहेको छ मोडेल बरालले पहिलो गीत मधुर मिलन राम्रो भएपछि
उनी लगातार अन्य भिडियोमा पनि अभिनयमा ब्यस्त रहेका हुन । भिडियोमा करण लामिछाने सुनिल श्रेष्ट र विभुति भट्टराईलाई फिचरिङ गरिएको छ ।
प्रहिल कार्कीको निर्देशन,अन्जिता कंडेलको सहनिर्देशन रहेको भिडियोमा बिनय तामांग सिनेमाटोग्राफी र माधव बेलबासे सम्पादन रहेको छ ।गीतकार एबम साहित्यकार डा. डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एकैपटक सात एल्बम निकालेर नयाँ रेकर्ड राखिसक्नु भएको छ भने ‘अतिरिक्त’ ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन भने पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो। ‘मधुर मिलन’को मिडिया कोअर्डीनेसन माधव अधिकारीले गरेका हुन् । केही दिन पहिला मात्र गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।

 

तपाईको प्रतिक्रिया