नायिका , व्यवसायी एवं सामाजसेवी स्वेता खड्काको जीवन , उनको भोगेका पीडा जगजाहिर भएको कुरा हो । बिवाह गरेको एक महिनामा नै श्रीमान (स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ) लाई गुमाएकी स्वेताले त्यो कालो समयलाई पार गरेर यतिबेला सामान्य जीवन बिताईरहेकीछिन् । कम समयमा नै उनले भोगेको पीडाको कारण पनि अधिकांश जनताको समर्थन र माया उनीप्रति रहँदै आएको छ । स्वेताप्रति जति दर्शकहरुको कन्र्सन रहेको छ त्यती नै उनले अब बाँकी जीवन एक्लै बिताउँछिन् वा बिवाह गर्छिन् भन्ने कुरामा पनि त्यतीकै चासो छ । स्वेता स्वयंम आफु पनि यस कुरामा नकरात्मक छैनन् ।

उनी यसलाई दर्शकहरुको आफुप्रतिको मायाको रुपमा परिभाषित गर्दै आईरहेकीछिन् । बिवाह कहिले गर्ने ? यो प्रश्नको जवाफ उनले खुलेरै कहिल्यै दिएकी छैनन् । उनी श्रीकृष्णको सम्झनामा एक्लो जीवनमा पनि खुसी रहँदै आएको बताउँदै आएकीछिन् । तथापी उनको बिवाह होला नहोला भन्ने बिषयमा भने आज पनि उतिकै चासो छ । यसबीच स्वेताले श्रीकृष्णलाई सम्झिने छुट दिने युवक पाएमात्र बिवाह गर्ने बताएकीछिन् । नयाँ पत्रिका दैनिकसंगको अन्तरवार्तामा उनले यस्तो खुलासा गरेकी हुन् । आफनो बिगतलाई स्वीकार गर्न सक्ने मान्छेसंग आफनो बिवाहको हुन सक्ने संकेत गरेकीछिन् ।

अन्तरवार्तामा उनले भनेकीछिन् “यदि मेरो बिवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग बिवाह  हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु” ।

 

तपाईको प्रतिक्रिया