निर्माता छवि ओझालाइ सम्बन्धविच्छेद गर्ने पक्का गरेकी नायिका शिल्पा पोखरेलको यसै बेला जिवनमा मेल खाने नयाँ भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडेल नविन बूढाथोकीले नायिका पोखरेलको आसु पुछ्दै गरेको मार्मिक दृश्यले सबैलाई रुवाउने किसिमबाट प्रस्तुत गरिएको छ ।सन्तोष जंग थापाको शब्द ,आषिक राईको संगीत र चर्चित गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत ‘थाहा छैन’ को म्युजिक भिडियोमा मोडेल नविन बूढाथोकी र नायिका शिल्पा पोखरेलको बेजोड अभिनय रहेको छ । आषिक राइले निर्देशन गरेको भिडियोमा रामकृष्ण चौलागाइको क्यामेरा र विकाश धमलाको सम्पादन रहेको छ । सार्वजनिक भएको केहि समयमै भिडियोले चर्चा बटुले पछि खुसि देखिएका मोडेल नविन बूढाथोकीले धेरै म्युजिक भिडियोहरुको काम धमाधम गरिने र छिट्टैनै अरु भिडियोहरु पनि सार्वजनिक गरिने बताए ।

तपाईको प्रतिक्रिया