राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान हरितालिका बिशेष गीतहरु अहिले प्रसस्त मात्रामा बजारमा आइरहेका छन् । यस भित्र ब्यवसाहिकता लक्षित गीतहरु पनि बजारमा धेरै नै छन् । यसरी ब्यवसाहिकता मात्र लक्षित गर्दै यी यस्ता तीज गीतहरु बजारमा ल्याईरहंदा कतै आफ्नै कला संस्कृति र मौलिकता हराउने पो हो कि भन्दै बहुप्रतीभाका खानि राजेश ढकालले सरिता रिजाल र सुमन दाहालको प्रस्तुति “दिदि भाईको बेदना” नामक तीज सांगीतिक कोसेलीमा आफ्नो सिर्जना भरेका छन् । यसो त यस भन्दा पहिलेका गीतहरुमा पनि ढकाल द्वारा सृजित सृजनाहरु मौलिक नै हुने गरेका छन् ।

प्रस्तुत गीतमा सरिता रिजाल र राजेश ढकालको सुमधुर स्वर सुन्न सकिन्छ । परिवारको एक छोरा बर्षौ देखि परदेशमा हुन्छन् र यस बर्षको तीजमा पनि घरदेशमा रहेर कर्म घर रहेकी आफ्नी दिदि लाई तीजमा लिन जान नपाएको बिलौना यस गीतमा रहेको छ । गीतको म्युजिक भिडियोमा सरिता सुमन दाहाल कृष्ण बहादुर विस्ट र नन्द कुमारी विस्टको अत्यन्त मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धिताल ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया