महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीजका गीतहरु आइरहेका छन। गायिका द्वय बुनु श्रेष्ठ र गायिका शीलु अधिकारीको स्वर रहेको ‘ वर्ष दिनको तीज’बोलको तीज गीतलाइ सार्वजनिक छ ।रंगपत्रकार शान्ति प्रियको शब्द रहेको ‘ वर्ष दिनको तीज’ गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ ।गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।गीतमा ‘वर्ष दिनको तीज आउँदा मनै रमाइलो’ भन्दै ‘अर्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल’ भन्दै दिदिबहिनी मिलेर रमाइलो गरेका छन् ।गीतको भिडियोमा सबना आचार्य र साथीहरुलाई फिचरिंग गरिएको छ ।गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन ।सबिन भट्टराईको छायांकन रहेको यस भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन ।यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई रेकर्डिस्ट फुर्बा तामांगले गरेका हुन् ।गीतको म्युजिक भिडियोलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?feature=share&v=HI0JmdSYSM8&fbclid=IwAR1SLRf2KKdKckHP6BqJAldIFPP9N7dBtKTp1QHB_r8dwiFFnzzPxYGc5VE&app=desktop

तपाईको प्रतिक्रिया