राजु बोहरा–काठमाडौँ । लोकप्रिय गायिका रिता के.सी को स्वरमा भर्खरै मात्र एक निकै उत्कृष्ट “के पर्यो कान्छाको पुरा नाम” सार्बजनिक भएको छ । बिशेष गरेर नेपाली आधुनिक गीत संगीतमा आफ्नो स्वर सुहाएको महसुस गर्ने गायिका रिताले लोक तथा दोहोरी गीतहरुमा पनि स्वर भरिसकेकी छिन् । अहिले बजारमा आएको “के पर्यो कान्छाको पुरा नाम” बोलको गीतमा पनि पहिलेको गीतहरुमा जस्तै उनको स्वरले जादु छोडेको छ । रिता के.सी र धुर्ब बिस्कोको सुमधुर स्वरले सजिएको यस गीतलाई शब्द धनबिर पुनको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ ।

गीतको मिठास्ता जस्तै म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेर डिजिटल बजारमा सार्बजनिक भैसकेको छ । भिडियोमा गम्बिर विस्ट र नम्रता सापकोटाको आकर्षक अभिनय देख्न सकिन्छ । ५ मिनेट २६ सेकेन्डको समय सीमामा रहेको भिडियोलाई हेर्ने जतिले आँखा नझिम्क्याउने  बिश्वास पनि निर्माण युनिटले जानकारी गराएको छ । भिडियोलाई निर्देशन गम्बिर बिष्टले गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन नबिन निरौलाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया