एजेन्सी। सामाजिक संजालमा चर्चामा रहेकी भारतीय गायिक रानु मण्डल अहिले चर्चामा छिन् । उनको पहिलो गीत ‘तेरी मेरी कहानी’ हिट भएको छ । केही दिन अघिसम्म कोलकाताको स्टेशनमा गाएर गुजारा गर्ने रानु अहिले सेलिब्रेटी बनिसकेकी छिन् । पछिल्लो समय चर्चा थियो कि रानुको गीत सुनेर सलमान खान निकै भावुक भएका थिए । उनले रानुलाई ५५ लाखको फ्ल्याट गिफ्ट दिएका थिए । यो खबरबारे पहिलोपटक रानु मण्डलले प्रतिक्रिया दिएकी छिन् ।

रानुले नवभारत टाइम्सलाई दिएको एक अन्तरवार्तामा सलमानले आफूलाई कुनै घर नदिएको बताइन् । यदि सलमानले आफूलाई घर दिएको भए सबैको अगाडि यसको घोषणा गर्ने उनले बताइन् । आफूले पनि यो खबर सुनेको तर विश्वास नभएको रानुको भनाइ थियो । रानुसँग कहिल्यै सलमानसँग उनको फिल्ममा गाउनको लागि सहयोग माग्ने विषयमा सोधिएकोमा रानुले आफूले कसैसँग पनि सहयोग नमाग्ने बताइन् । अहिलेसम्म कसैसँग पनि सहयोग नमागेको र सलमानसँग पनि नमाग्ने उनको भनाइ थियो ।

आफूलाई एक गायिकाको रुपमा हिमेशले मौका दिएको र मानिसहरुलाई आफ्नो गीत मन पर्न थालेको भन्दै उनले आफू हिमेशप्रति सधैं आभारी रहने बताइन् । लता मंगेशकरले केही दिनअघि कसैको नक्कल गरेर प्राप्त सफलता धेरै दिन नटिक्ने बताएकोप्रति प्रतिक्रिया दिँदै रानुले भनिन् ‘म लताजीभन्दा उमेरले सानी छु । मलाई सानैदेखि उहाँको आवाज मन पर्छ ।’ रानु मण्डलको गीत तेरी मेरी कहानी हिमेश रेशमियाको फिल्म ह्याप्पी हार्डी एण्ड हीरको हो ।

तपाईको प्रतिक्रिया