टेक फर नेपाल प्रालिले राइड सेयरको लागि नयाँ एप सञ्चालनमा आएको छ । टुटल र पठाओजस्तै सञ्चालनमा आएको यो एपको नाम ‘सरर’ राखिएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा आधारित एप हो ।

अहिले परीक्षणको रूपमा सञ्चालन भइरहेको यो सेवा अबको दुई हप्तामा औपचारिक सुरूआत हुने टेक फर नेपालले जानकारी दिएको छ । अहिले सो एप परीक्षण कालमा रहेको र त्यो समयसम्मका लागि चालकलाई शत प्रतिशत कमिसन दिइएको कम्पनीले जनाएको छ ।

यो सेवा प्रयोग गरेबापत पहिलो ग्राहकले १.७ किलोमिटरसम्म ४५ रुपैयाँ र त्यसपछि प्रत्येक किलोमिटर १३ रुपैयाँ तिर्नुपर्नेछ । जुन अन्य एपभन्दा सस्तो हुने कम्पनीको दाबी छ ।

जुन एपमा चालकका रूपमा आबद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिस्ट्रेसन गर्नु पर्ने प्रावधान राखिएको छ ।

कम्पनीले चालक तथा यात्रुको सुरक्षाका लागि बिमाको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया