आर पोखरेल, काठमान्डाँै ।
नेपाली लोक दोहोरी गीतहरुमा मौलिक लोकदोहोरी गीतहरु कम मात्रामा आइरहेको अवस्थामा कविता खत्रीको दशैँ तिहार गीत “ गरिबको जुनी “को भिडियो सार्वजनिक भएको छ । दशैँ जस्तो महान पर्वमा पनी गरिवीको चपेडामा परेका नेपालीहरुको पिडालाई गीतमा समेटिएको छ ।

विदेशी भुमीमा भएका दाजु र मातृभुमी नेपालमा भएकी चेलीको बेदनालाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गायिका कविता खत्री र गायक पुषोत्तम गैरेको को आवाजमा सजिएको गीत सार्वजनिक भएको हो ।

समिर प्रकाश पाण्डेको शब्द तथा प्रेम सापकोटा सानुको संगीत रहेको छ । पिडा र रोदनलाई गीतमा समेटिएको छ । राजेश घिमिरेको छायाँकन , सुजन शाहीको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । “ गरिबको जुनी “ गीतमा सगुन शाही र आशिप प्रतापको अभिनय रहेको छ ।

“ गरिबको जुनी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया