नेपाल आइडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेको नामपनि धेरै आउने गर्छ । दर्शक र जजको अत्यधिक माया पाउदापाउदैपनि आले ‘टप ४ ’ बाट बाहिरिए ।चितवनको नारायणगढका आले आइडलबाट बाहिरिएपनि उनको क्रेज अलिकति पनि कम भएन अझैँ बढ्यो ।
स्वदेश सहित बिदेशका बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा पर्न सफल भएका छन । नेपालभन्दा बढि बिदेशमा ब्यस्त रहने गायक आलेले जतिपनि गीत बजारमा ल्याउछन सबै उत्तिकै रुचाईएका र मन पराईएका छन । गायक आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन । गायक आलेसंगै गायिका मेलिना राईको आवाज रहेको उक्त गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ ।
उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।गीतको म्युजिक भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

तपाईको प्रतिक्रिया