चर्चित गायक डिल्ली काफ्ले र चर्चित रियालिटी शो नेपाल लोक स्टारकी उत्कृष्ट ९मा पर्न सफल गायिका मुना अर्यालको गीत ‘पछ्यौरीको फेरो’ बजारमा आएको छ । बजारमा आएको छोटो समयमै गीतले राम्रै प्रतिक्रिया पाउन सफल भएको छ । गीतको भिडियोमा राज काफ्ले र निजा पौडेलको निकै दमदार अभिनय देख्न सकिन्छ

आउँदै गरेको दसैँलाई लक्षित गर्दै बजारमा विभिन्न गीतसंगीत आइरहेका छन् । दसैँमा परिवारसंग विछोडिनु पर्दाको पिडालाई लक्षित गर्दै ‘पछ्यौरीको फेरो’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डिल्ली काफ्लेको लय रहेको छ यसमा आँचल विरही रानाको शब्द रहेको छ । गीतमा डिल्ली र मुना अर्यालको स्वर रहेको छ ।

गीतमा राज काफ्ले र निजा पौडेलको अभिनय रहेको छ । भिडियोमा उनले आफ्नो निर्देशकीय कला गज्जब संग प्रस्तुत गरेकी छिन। राज काफ्ले र निजा पौडेलले चाडवाडमा बाध्यताले विदेशीएको परिवारमा पर्ने समस्यालाई भिडियो मार्फत चित्रण गरेका छन् । गीतको भिडियोमा निर्देशन पनि निजाकै रहेको छ । गीतमा हरिश महराको छायाँकन र पदम सुवेदीको सम्पादन रहेको छ । गीतलाई कामना डिजिटल प्राइभेट लिमिटेडले तयार गरेको हो ।

भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया