आर पोखरेल , काठमान्डाँै ।
नेपाली लोक गीत संगीतमा मौलिक पन बोकेको गीत संगीत बजारमा कम मात्रामा आइरहेको अवस्थामा रिमा इन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक मिराज अर्यालको आवाजमा सजिएको मौलिक दशैँ तिहार गीत “ कस्तो दिन सानी “को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

धन कमाउनको लागी परदेशी भुमीमा आफनो पसिना बगाउदैँ गरेको श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको प्रेम भावलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । गीतमा कृष्ण अर्यालको शब्द तथा संगीत र अलिफ खानको एरेन्ज रहेको छ ।

मिराज अर्यालको छायाँकन तथा सम्पादन र राघव आचार्य राम को निर्देशन भिडियोमा रहेको छ । राघव आचार्य ,पृशिला थापा , शिव मगर र अलिफ खानको कारुणिक अभिनय रहेको छ ।

“ कस्तो दिन सानी “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया