बलिउडको बादशाह कहलिनु अघि उनले गरेको काम र प्रयासका सूची लामै बन्ला। तीमध्य एक थियो सांगीतकि टिभी कार्यक्रम सञ्चालन गर्नु।
दुरदर्शन टिभीमा प्रसारण हुने उक्त कार्यक्रममा उनले एक प्रतियोगीलाई मञ्चमा बोलाउँदै गरेको सुनिन्छ। र, ती प्रतियोगी थिए चर्चित गायक कुमार सानु।
शाहरुखले कुमार सानुको बारेमा भन्छन्- ‘उनी तिनै होइन जो किशोर कुमारको अन्दाजमा गीत गाउँछन्।’
ट्वीटर ह्यान्डल बलिउड डिरेक्टबाट पोस्ट भएको भिडियोमा पृथ्वी नाम गरेका प्रयोगकर्ताले कमेन्ट लेखेका छन्- ‘कुमार सानुले सायद कहिलेपनि सोचेका थिएनन् उनी त्यही कार्यक्रम प्रस्तोताका लागि थुप्रै गीत गाउनेछन्।’