काठमाडौं । रङ्गीन दुनियाँमा रमाउँन नचाहने को होला र, नाम र पहिचान एक साथ कमाउँन सकिने कलाकारीताको क्षेत्रमा सफल हुन पाउनु चाहीं भाग्यको कुरा हो ।
छोटो समयमा आफुलाई ग्ल्यामर क्षेत्रमा स्थापीत गराउँन लागि परेकी नायिका हुन् प्रियंका अधिकारी । उनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ । आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा होमिएकी प्रियंका म्युजिक भिडियो हुँदै चलचित्रको ठूलो पर्दा तर्फ आकर्षित हुँदैछिन् ।
उनि अभिनित चलचित्र ‘मदहोस’ को प्राबिधिक कार्य भैरहेको छ । हर्ट नायिकाको रुपमा स्थापित हुन चाहने विराटचौककी नायिका प्रियंका अधिकारी अभिनयकोे क्षेत्रमा हिक्मतका साथ संघर्ष गरिरहेकी छन् । नृत्यमा अव्बल प्रियंकाले आगामी दिनमा अभिनय र मोडलिङ्ग दुबैलाई एकसाथ अघि बढाउने सोच लिएकी छन् । उनले विगतमा झण्डै आधादशक नृत्य प्रशिक्षकको रुपमा काम गरिसकेकी छन् ।
एउटा कलाकार सामू कस्तो खालको पात्रको भूमिका आईपर्छ त्यसलाई सहज रुपमा निभाउनु नै कलाकारीता हो जुन क्षमता ममा छ भन्दै उनी अगाडी भन्छिन ‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफलताको शिखर चुम्न सकिन्छ ।’