अभिनेता अनमोल केसीको यो वर्षको दसैं परिवारसँगै बित्नेछ । अहिले उनी नयाँ चलचित्र धुपौरेको तयारीमा व्यस्त छन् । यो फिल्मको छायांकन कात्तिकबाट सुरु हुँदै छ । अनमोलका अनुसार उनको दसैं हजुरबुबा, बुबा तथा आफन्त मान्यजनको हातबाट टीका र आशिष् लिएर एवं परिवारसँग जमघट गरेर बित्नेछ ।

उनी दसैंमा पनि चलचित्र धुपौरेको स्क्रिप्ट रिडिङ तथा अन्य तयारीमा बित्नेछ । दसैंमा आफन्तसँगै जमघटसँगै धुपौरेको तयारीलाई पनि समय दिने अभिनेता अनमोल केसीले बताएका छन् । त्यस्तै अभिनेता प्रदीप खड्का अहिले नयाँ चलचित्र ‘प्रेम गीत–३’को तयारीमा व्यस्त छन् ।

तपाईको प्रतिक्रिया