बलिउड अभिनेता सलमान खानको रियालिटी शो ‘बिग बोस १३’ केही समय पहिले सुरु भएको हो। यस शोलाई लियर यतिबेला भारतमा विवाद भइरहेको छ। शोले समाजमा अश्लिलता फैलाउन खोजेकोभन्दै दर्सक रुष्ट बनेका छन्।

उनीहरूले ‘बिग बोस’ बन्द गरिनुपर्ने माग राख्दै आएका छन्। कन्फिडरेशन अफ इंडिया ट्रेडर्सले केन्द्रीय सूचना मन्त्री प्रकाश जावडेकरलाई एक पत्र लेख्दै ‘बिग बोस’ लाई तुरुन्त रोक्न माग गरेको छ।

‘बिग बोस’ ले अस्लिलता भैलाएको भन्दै मेरठका बासिन्दा पनि रुष्ट बनेका छन्। यो शोलाई चलाइरहेका बलिउड अभिनेता सलमान खानविरुद्ध अस्लिलता फैलाएको आरोपमा सर्वाच्‍चमा मुद्दा दायर भएको छ। सर्वोच्‍चले पनि यस मुद्दालाई दर्ता गरिसकेको छ।

मुद्दा अखिल भारतीय क्षत्रिय युवा महासभाका अध्यक्ष अभिषेक सोमले दायर गरेका हुन्। रिटमा ‘बिग बोस’ कार्यक्रमनै बन्द गर्नुपर्ने माग गरिएको छ। शोकै कारण युवा पीडिनै बिग्रीरहेको आरोप लागेको छ।

केही दिनमै यस विषयमा सुनुवाई हुने बताइएको छ। कार्यक्रममाथि परिवारका सदस्य सँगै बसेर हेर्न नै नसकिने खालको रहेको आरोपसमेत लागेको छ।

तपाईको प्रतिक्रिया