मुम्बई – ‘कबीर सिंह’ गर्ल कियारा आडवाणीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । कियाराले आफ्नो ट्वीटर खाता ह्याक भएका कारण फ्यानलाई सावधानी हुन भन्दै इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् ।

‘मेरो ट्वीटर एकाउन्ट ह्याक भएको छ, हामी यसलाई फर्काउने प्रयासमा छौँ, पोस्ट भएका अनावश्यक ट्वीटलाई ख्याल गर्नुहोला,’ उनले लेखेकी छिन् ।

यसको केही घण्टापछि कियाराले फेरि अर्को पोस्ट गर्दै उनको ट्वीट एकाउन्टबाट पठाइएको कुनै पनि लिंक क्लिक नगर्न आग्रह गरेकी छिन् ।
उनका अनुसार एकाउन्ट अझै पनि ह्याक छ । र, उनले कुनै पनि लिंक पठाएकी छैनिन् ।

चलचित्र ‘कबीर सिंह’ मा शाहिद कपूरको अपोजिटमा देखिएकी कियारा उक्त फिल्मपछि चर्चामा छिन् । यसअघि शाहिद कपूरको पनि एकाउन्ट ह्याक भएको थियो । यस्तै केही समयअघि बलिउड अभिनेता अमिताभ बच्चन र गायक अदनान सामीको एकाउन्ट पनि ह्याक भएको थियो ।

तपाईको प्रतिक्रिया