एजेन्सी– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको तस्वीर साउदी अरबको विमानस्थलमा राखिएको छ । यसरी साउदी अरबको विमानस्थलमा तस्वीर राखिने उनी पहिलो महिला सेलेब्रिटी हुन् ।

ज्याकलिनको तस्वीर त्यहाँको एक विज्ञापनमा राखिएको हो । यसअघि त्यहाँ महिलाहरुको तस्वीर राखिएको खण्डमा पनि उनीहरुलाई नकाब लगाइएको हुन्थ्यो । तर, यसपटक ज्याकलिनको तस्वीरमा कुनै नकाब लगाइएको छैन ।

ज्याकलिनको पछिल्लो फिल्म प्रभास तथा श्रद्धा कपुरको फिल्म साहो हो, जसमा उनले एउटा आइटम गीतमा काम गरेकी थिइन् । उनको अबको फिल्म ड्राइभ १ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया