एजेन्सी– केही समययता बलिउडम अभिनेत्री वाणी कपुरको चर्चा निकै चुलिएको छ ।

यो चर्चा चुलिनुको कारण हो, उनले रणबीर कपुरको प्रशंसा गर्नु । फिल्म शमशेराका लागि काम गर्ने सम्झौता गरेपछि वाणीले बारम्बार रणबीर कपुरको निकै प्रशंसा गर्दै आएकी छिन् ।

केही दिनअघि मात्र एउटा अन्तर्वार्तामा पनि उनले रणबीरको प्रशंसा गरिन् । उनले भनिन्, ‘रणबीरको सबैभन्दा राम्रो कुरा के भने उनी घमन्डी छैनन् । उनलाई देख्दा पनि कहिल्यै लाग्दैन कि उनी एक सुपरस्टार हुन् ।’

वाणीले यस्ता अभिव्यक्ति के दिन थालेकी छिन्, बलिउडमा प्रश्न उठ्न थालेको छ– के रणवीरको प्रेममा परेकी छिन् वाणी ?

यस्तो अड्कलबाजीलाई वाणीले भनेका कुराले पनि साथ दिएका छन् । उनले भनेकी छिन्, ‘मलाई त उनीजस्तै हुन मन छ ।’

तपाईको प्रतिक्रिया