बलिउडकी देशी गर्ल प्रियंका चोपडा आजभोलि ‘द स्काइ इज पिंक’ लाई लिएर चर्चामा छिन् । प्रियंका पछिल्लो समय आफ्नो अपकमिङ फिल्मको प्रचारमा जुटेर अमेरिका फर्किएकी छिन् । यतिबेला उनी फिल्मको प्रचार विदेशमा गरिरहेकी छिन् ।

आफ्नो फेशन स्टाइलका कारण प्रायः चर्चामा रहने प्रियंका चोपडा हालै न्यूओर्कमा देखिइन् । प्रियंका आफ्नो पेट डायनासँग देखिएकी थिइन् । उक्त समय उनी आकर्षक ड्रेसमा देखिएकी थिइन् ।

प्रियंकाले फ्लोरल प्रिन्टेट ड्रेस लगाएकी थिइन् । साथै उनले सनग्लासेस पनि लगाएकी थिइन् । आफ्नो यो लूकमा प्रियंका सुन्दर देखिएकी थिइन् ।यो ड्रेसको मूल्य करीब १ लाख भएको भारतीय मिडियाले दाबी गरेका छन् । त्यसो त प्रियंकाले प्रायः यस्तै महंगो ड्रेस नै लगाउने गर्छिन् ।

तपाईको प्रतिक्रिया