एजेन्सी– भारतमा चर्चित कार्यक्रम कपिल शर्मा सोका नेपाली प्रशंसक पनि निकै छन् । यो सोको यो साताका पाहुना हुन्, नेपाली मूलका गायक उदित नारायण झा । उदित नारायणसँगै उनकी पत्नी दीपा र छोरा आदित्य पनि कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा तीनै जनाले आफ्नो परिवारका विषयमा कुरा गरेका छन् ।

यही कार्यक्रममा कपिल शर्माले आदित्यलाई उनको गर्लफ्रेन्ड बाबुसँग बढी इम्प्रेस भएमा के गर्लान् भनेर सोधेका छन् । यस्तो प्रश्नमा आदित्यले जवाफ दिएका छन्, ‘मैले एक पटक मेरी गर्लफ्रेन्ड घरमा लगेको थिएँ । आमा काममा व्यस्त हुनुहुन्थ्यो । बुबासँग भेट भयो । मलाई लागेको थियो– हाइहेल्लो पछि बुबा पनि बाहिर जानुहुन्छ । तर, त्यस्तो भएन ।’

उल्टै उदितले आदित्यको काँधमा हात राख्दै आफ्नो छोरा जवान भएको बताएछन् । अनि आदित्यकी गर्लफ्रेन्डले उदितको अटोग्राफ लिएर बाहिर निस्किइछन् ।

तपाईको प्रतिक्रिया