मुम्बई – भारतीय अभिनेत्री तथा सुपरस्टार कमल हसनकी छोरी श्रुति हसनले हालै आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् ।  एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा बताइन् । उनले आफ्ना ब्यायफ्रेण्ड माइकल कार्सेलसँग ब्रेकअप हुनुको कारण पनि खुलाइन् ।

कुनै समय आफू नशाको लतमा फसेको समेत उनले बताइन् । आफूले अल्कोहल छोडेपछि स्वास्थ्यमा त्यसको निकै नराम्रो असर परेको पनि बताइन् । अहिले भने उनको यो आदत छुटिसकेको छ ।

अन्तर्वार्ताका क्रममा श्रुतिले भनिन्, ‘म एकदमै धेरै ह्विस्की लभर थिएँ, मैले यो बानीलाई पूर्ण रुपमा छोड्ने सोचेँ, यो मेरा लागि नयाँ परिवर्तन थियो ।’

उनलाई सोधियो, यसले शरीरमा कस्तो प्रभाव पार्‍यो?

 

यसको उत्तरमा उनले भनिन्, ‘हो, म ठीक थिइनँ र यो कुरा मैले कसैलाई बताइनँ, मलाई लाग्यो कि, यो मेरो निजी मुद्दा हो, म आफ्नो पर्सनल कुरा कसैसँग पनि शेयर गर्न सक्दिनँ ।’

श्रुतिले माइकलसँगको सम्बन्धका बारेमा खुलासा गरिन् । ‘म एकदमै कुल टाइपकी युवती थिएँ, म निर्दोष पनि थिएँ, हरेक मसँग नजिक हुन खोज्थे, म एकदमै इमोसनल केटी थिएँ,’ उनले भनिन्, ‘यसै कारणले मान्छे मेरो नजिक हुन चाहन्थे, तर मलाई यो चाहिँ भन्नुपर्छ कि, त्यो पनि मेरा लागि साँच्चिकै राम्रो अनुभव थियो ।’

तपाईको प्रतिक्रिया