एजेन्सी– बलिउडमा कुनै समय तहल्का मच्चाएका गोविन्दा केही समययता फिल्मबाट टाढा रहेका छन् । तर, उनको खोजी बलिउडमा कम हुन थालेको छैन । केही दिनअघि चाहिँ उनी कपिल शर्माको कार्यक्रममा पुगेका थिए ।

त्यहाँ उनीसँगै उनकी पत्नी र छोरी पनि सँगै थिए । त्यही कार्यक्रममा कपिलको अनुरोधमा गोविन्दाले विवाह गरे । उनले पत्नी सुनितालाई कार्यक्रममा नै सिन्दूर लगाएको फोटो अहिले भाइरल भइरहेको छ ।

गोविन्दाकी छोरी टीना चाहिँ गायनमा अगाडि आइरहेका छिन् । उनको केही दिनअघि मात्र एउटा एल्बम रिलिज भएको थियो । यही एल्बमको प्रमोसनका लागि गोविन्दा कपिल शर्माको कार्यक्रममा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया