काठमाडौं – नायिका तथा निर्देशक रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । बालविवाहको विरुद्धमा आवाज उठाएको यो फिल्ममा कमला ओलीको पनि शीर्ष भूमिका छ । गतवर्ष रिलिज भएको यो फिल्मले हलमा भने खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।

महिला हिंसा र बालविवाह विरुद्धमा आवाज उठाएको ‘मालिका’ लाई रेखाले नै निर्देशन गरेकी हुन् । नारीप्रधान यो फिल्मले हरेक मान्छेमा एक नायकत्व हुन्छ भन्ने सन्देश दिने प्रयास गरेको छ ।

यस्तै चलचित्रमा शिवम् अधिकारीको स्किृप्ट छ भने नर कार्की र निर्देशक रेखा थापाको कथा तथा कन्सेप्ट रहेको छ । फिल्मलाई सरस्वती थापाले निर्माण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया