एजेन्सी– बलिउड अभिनेत्री राधिका आप्टेले आफ्नो फिल्मी करिअर फिल्म वाह लाइफ तो ऐसीबाट गरेकी थिइन् । त्यसमा उनको अत्यन्त सानो भूमिका थियो । त्यसपछि उनले फिल्म शोर इन द सिटीमा काम गरिन् ।
अनि त उनले पछाडि फर्किएर हेर्नु परेन । यसको एउटै कारण थियो– उनको सौन्दर्य र कला ।
तिनै राधिकाले केही दिनअघि एउटा अन्तर्वार्तामा एउटा खुलासा गरेकी छिन् । त्यो हो– उनले विवाहमा च्यातिएको साडी लगाएकी थिइन् । उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘मैले विवाहमा हजुरआमाको पुरानो मराठी साडी लगाएकी थिएँ । मलाई थाहा थियो, त्यो साडी च्यातिएको थियो र म हजुरआमालाई कति माया गर्छु भने च्यातिएको साडी नै लगाएर मैले विवाह गरेँ । यो मैले हजुरआमालाई देखाएको माया थियो ।’